स्पेनको प्रशिक्षकमा इनरिके
एजेन्सी । स्पेनिस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लुइस इनरिके नियुक्त भएका छन् । स्पेनिस फुटबल संघले मंगलबार ४९ वर्षीय इनरिकेलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले पाँच महिलाअघि प्रशिक्षकबाट राजीनामा दिएका थिए । त्यतिवेला बोनको क्यान्सर रोगबाट पिडित छोरी साना मार्टिनेजलाई समय दिन प्रशिक्षक पद छाडेका इनरिके पुनः टोलीमा फर्किएका हुन् ।
उनकी छोरीको गत अगस्टमा निधन भएको थियो । इनरिकेले छाडेपछि सहायक प्रशिक्षक रोबर्टो मोरेनोले स्पेनिस टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए । इनरिके स्पेनलाई सन् २०२० को युरोकप जिताउने लक्ष्यका साथ टोलीका फर्किएका हुन् । युरोकप छनोटका लागि समूह ‘एफ’ मा रहेको स्पेनले सोमबार राति अन्तिम खेलमा रोमानियालाई ५–० गोलले हराएको थियो । स्पेन समूह ‘एफ’ को विजेताबन्दै युरोकपमा छानिएको छ । यस समूहबाट स्वीडेन उपविजेताको रुपमा युरोकपमा छानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रिमियर लिगमा बर्नमथ विजयी
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी