केन्द्रीय संस्करण
समाचार

पत्रकार खेम भण्डारी रिहा, रिहा भएलगत्तै दिए चेतावनी

person explore access_timeमंसिर ३, २०७६ chat_bubble_outline0

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका पत्रकार खेम भण्डारीलाई १ घण्टा नियन्त्रणमा लिएर प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार अपरान्ह १ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको हो ।

रिहा भएलगत्तै पत्रकार भण्डारीले अदालतको फैसला पालना गर्दै आफुले १ घण्टा कैद भुक्तानी १ रुपैयाँ जरिवाना तिरेको बताएका छन् । रिहा भएलगत्तै सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भण्डारीले अदालतले आफ्नो पुनरावदेन गर्न पाउने अधिकारलाई भने अपहरण गरेको दाबी गरेका छन् ।  उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निर्मला हत्या प्रकरणमा अदालतभित्रैका केही काला कर्तुतेहरुको मिलेमत्तोको गन्ध आएको छ । अब न्यायालयलाई कलंकित गर्नेहरुविरुद्ध लड्ने बाटो खुलेको छ ।’

भण्डारीले मंगलबार दिउँसो  कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए । 

पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा कञ्चनपुर जिल्ला अदालतले असार ३० मा भण्डारीलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्ट कैद सजाय तोकेको थियो ।  निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए । 

पन्तको ०७५ साउन १० गते बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । त्यसयता हत्यामा संलग्नलाई पक्राउको माग गर्दै लामो समय आन्दोलन समेत भएको थियो । तर सो प्रकरणमा अहिलेसम्म दोषी फेला पर्न सकेको छैन  । हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित दर्जनको हाराहारीमा प्रहरी निलम्बनमा परेका थिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...