शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : ५०
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं– नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।  

जेसीबीको नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि दमौली नगरपालिकाका मेयर वैकण्ठ न्यौपानेले गर्नु भएको थियो । यस क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुलाई सहज र सुलभ सेवा दिनका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बीएस सप्लायर्सका  प्रबन्ध निर्देशक कृष्णराज पण्डितले बताए । 

‘अहिले देशका युवा विदेसिरहेका छन् । तर विकास निर्माणको काम तीव्र गतिमा भइरहेको छ । विकासनिर्माण अब मानवले होइन मेसिनबाट मात्र सम्भव छ ।’ उनले भने, ‘वर्षौंदेखिको स्थापित ब्रान्ड भएकै कारणले हामीले जेसीबीको आउटलेट सुरु गरेका हौं । नेपालमै सबैभन्दा विश्वासिला ब्रान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौं ।’

योसहित जेसीबीले नेपालमा १६ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् ।

जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य राखेको जेसीबीका सिनियर सेल्स म्यानेजर कञ्चन सिलवाले बताए । 

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप