मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न गृहमन्त्रीको निर्देशन

मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : ३१
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं– गहृमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मंगलबार गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्व तयारीको लागि निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षित राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापनको क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका गैरसरकारी संघ–संस्थाहरुलाई समेत हिमपात, चिसो तथा शीतलहरसम्बन्धी पूर्वतयारीमा सहभागी गराउने गरि समन्वय गर्न जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ । चिसो हिमपात तथा शितलहरका कारण २०७४ सालमा ४८ जनाको मृत्यु भएको थियो ।

गत वर्ष सरकारले चिसो हिमपात तथा शितलहरबाट प्रभावित हुन सक्ने जनतालाई इन्धन, दाउरा, कम्बल बाँडेको थियो । त्यसकारण पनि जनधनको क्षति कम भएको थियो । कार्यकारी समितिको बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुनसक्ने क्षेत्र र गाउँ–टोलका गरिब तथा विपन्न परिवारहरुको पहिचान गरी कार्यक्रम बनाउन आग्रह पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप