बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चपली हाइट ३’ मुर्हूत, विनिताको ठाउँमा स्वस्तिमा

मङ्गलबार, ०३ मङ्सिर २०७६, १७ : ५७
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । सुपरहिट फिल्म ‘चपली हाइट’को दोस्रो सिक्वेल ‘चपली हाइट ३’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंको बुङमतिस्थित कार्य विनायक मन्दिरमा फिल्मको मुर्हूत गरिएको छ ।  स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर गरिएको मुर्हूतमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ, निर्माता अर्जुनकुमार, निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो । 

फिल्म अर्जुन कुमारले निर्माण गर्न लागेका हुन् । यस अगाडि निर्माण भएका ‘चपली हाइट’ को दुबै सिरिज पनि अर्जुनले नै निर्माण गरेका थिए ।  अघिल्ला दुई फिल्मभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको निर्माता अर्जुनले बताए । फिल्ममा सस्पेन्स र थ्रिल बिषयवस्तु कथाको रुपमा उठाउन लागेको उनले सुनाए ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको आफ्नो क्यारेक्टरलाई लिएर आफै कन्फ्यूजनमा रहेको बताइन् । उनले सस्पेन्स थ्रिलर फिल्म आफ्ना लागि नौलो जनारा भएकोले एक्साइटेट र डर दुबै भएको बताइन् ।
‘चपली हाइट’ मार्फत पर्दामा देखिएका कलाकार आमिर गौतमले आफ्नौ हिट फिल्मको सिरिज खेलन पाउँदा खुसी लागेको बताइन् । 

यही ५ गतेबाट छायाँकनका लागि फ्लोरमा निस्किने फिल्म आगामी चैत्रमा प्रदर्शनमा ल्याइने कार्यक्रममा निर्माण युनिटले जानकारी दियो । अर्जुनकुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । करिब ७ वर्ष अगाडि निर्माण भएको दीपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट’ मा मुख्य अभिनेत्रीको रुपमा विनिता बराल रहेकी थिइन् । यसमा भने अभिनेत्री स्वस्तिमाको अभिनय रहने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप