लिबियामा सवारी दुर्घटना: ९ महिनामा १४ सय जनाको मृत्यु

एजेन्सी– लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सयभन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो ।
“गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
असिमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सिपको अभाव, सवारी साधन र सडकको खराव अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ । गृहमन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ ।
यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै २५ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार