हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सङ्घर्ष : अध्यक्ष जबरा
नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) का अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सङ्घर्ष गरिरहने बताएका छन् । हिन्दूराष्ट्र पुनःस्थापनामा दबाब दिन राप्रपा (संयुक्त) ले सञ्चालन गरिरहेको सनातन हिन्दूधर्म जनजागरण धार्मिक यात्राको क्रममा आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा सहयोग गर्न सबैमा आह्वान गरे ।
उनले भने, ‘संसारभर हिन्दूराष्ट्रको रुपमा चिनिदैँ आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्छ, यसले मात्र नेपालको पहिचान स्थापित हुन्छ, संसारभरका हिन्दूहरु हाम्रो देशका धार्मिकस्थलमा आउँछन्, नेपाल हिन्दूराष्ट्र नभएसम्म सङ्घर्ष जारी रहन्छ’
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको चीनलाईसमेत मन नपरेको बताउँदै उनले अन्तर्राष्ट्रिय कारणले पनि नेपाल हिन्दूराष्ट्र हुनुुपर्नेमा जोड दिए ।
राप्रपा संयुक्तका सचिवालय संयोजक धुव्रबहादुर प्रधानले कात्तिक २८ देखि जनकपुरबाट शुरु भएको जनजागरण धार्मिक यात्रा गजेन्द्रमोक्ष धाम, बाल्मिकी आश्रम हुँदै रामग्राम स्तुपमा आएको जानकारी दिए । अब तिलौराकोटबाट लुम्बिनी पुगेर भोलि समापन हुने उहाँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला