नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ: प्रचण्ड
रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था नभएको र अझै गर्नुपर्ने धेरै कुरा रहेको बताए । उनले मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने हाम्रो दायित्व रहेको बताए ।
अध्यक्ष प्रचण्डले पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु