फेरि नेकपाले जिते जनता सन्तुष्ट रहेछन् भनेर बुझ्नुपर्छः प्रदीप पौडेल

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट गलत गतिविधि भइरहेको दाबी गर्दै त्यसबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गरे ।
अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाइको सरकारबाट जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जाने भन्दै उनले वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको बताए ।
नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरे ।
बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काँग्रेसको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म