शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि नेकपाले जिते जनता सन्तुष्ट रहेछन् भनेर बुझ्नुपर्छः प्रदीप पौडेल

मङ्गलबार, ०३ मङ्सिर २०७६, १५ : ५०
मङ्गलबार, ०३ मङ्सिर २०७६

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् । 
मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट गलत गतिविधि भइरहेको दाबी गर्दै त्यसबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गरे । 

अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाइको सरकारबाट जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जाने भन्दै उनले  वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको बताए । 
नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरे ।

 बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काँग्रेसको विकल्प नरहेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप