शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, मंसिर ४ गते पोखरामा समापन

मङ्गलबार, ०३ मङ्सिर २०७६, १५ : ४५
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं– नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । 

जस अन्तर्गत पहिलो चरणको सो अभियान आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिदै छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो ।  

हालसम्म यस अभियान अन्तर्गत अपार जनसहभागिताका साथ माग बमोजिम फोरजी सिम वितरण गरिनुका साथै टुजी÷थ्रीजीबाट फोरजीमा स्तरोन्नति समेत गरिएको छ । 

कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो । 

यस कार्यक्रम अन्तर्गत गत कार्तिक २० गते विर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको छ । 

पहिले टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राहकहरुलाई फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्क उपलब्ध गराईएको छ ।  

फोरजी सेवा सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गर्नु पर्नेछ । यसरी पहिलो पटक फोरजी सेवा सुचारु गर्दा ग्राहकले २ सय एमबी डाटा वोनस स्वरुप पाउनु हुनेछ । साथै फोरजी सेवा सुचारु गर्न सिम परिवर्तन गर्नुपर्ने भएमा सोही बमोजिम ग्राहकलाई अलर्ट म्यासेज आउँछ । कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ 

यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।

गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका प्रमुख शहरहरुमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचार­प्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । 

साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

यस प्रकारका अभियान तथा कार्यक्रमहरु देशका अन्य भागमा पनि निरन्तर गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको छ । 
                                                                                                                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप