काँग्रेसले गर्यो सरकारमाथि २१ बुँदे हमला
ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ ।
‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताए ।
यस्तै संविधान प्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको, सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमै असफल भएको, संविधानको बाँकी कार्यभार पूरा गर्न नसकेको, कुटनीतिक मामिलामा अपरिपक्व भएको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोलगायतको विषयलाई काँग्रेसले सरकारको असफलताको रुपमा विश्लेषण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव