केन्द्रीय संस्करण

जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

person explore access_timeमंसिर ३, २०७६ chat_bubble_outline0

एजेन्सी । भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् । 

पाकिस्तानका तीन पटकका प्रधानमन्त्री शरिफलाई रोग प्रतिरोधात्मक लगायत कयैन स्वास्थ समस्याले सताइरहेको थियो ।  

शनिबार लाहोर उच्च अदालतले उनीमाथि कायम भ्रमण प्रतिबन्ध फुकुवा गरेपछि उनको विदेश यात्राको बाटो खुलेको थियो । सोमबार इमरान खानको सरकारले अदालतको निर्णयलाई सदर गरेको थियो । 

यसअघि खानको सरकारले शरिफ विदेश जानको लागि ४.४ करोड अमेरिकी डलर जमानत राख्नुपर्ने माग गरेको थियो । त्यस विरुद्ध नवाजको परिवार अदालत गएको थियो ।

अदालतले भने उक्त रकम जमानत नराखी विदेश उड्न सक्ने निर्णय सुनायो । 

अघिल्लो महिना नवाजको रगतको प्लेटलेट्सको मात्रा निकै कम भएको थियो । स्वस्थ मान्छेमा १,५०,००० हुनुपर्नेमा उनको रगतमा प्लेटलेट्सको संख्या १६ हजारमा झरेको थियो । 

त्यस्तै ६९ वर्षे नवाजलाई मुटुको समस्या छ जसको उनले औषधी सेवन गरिरहेका छन् । त्यसबाहेक उनमा मधुमेह र मिर्गौलाको समस्या पनि छ । 

उनको उपचार गराउन संलग्न सरकारी र निजी दुवै चिकित्सकले उनको रोगको उपयुक्त उपचारको व्यवस्था पाकिस्तानमा नभएकाले विदेशमा उपचार गराउन सिफारिस गरेका थिए । 

शरिफ ‘सुविधासम्पन्न एयर–एम्बुलेन्स’मा दोहा हुँदै लण्डन गएका हुन् । शरिफको परिवारको लण्डनमा पनि घर छ । 

देशका धनाढ्य उद्योगपति परिवारका सदस्य शरिफमाथि प्रधानमन्त्री हुँदा भ्रष्टाचार गरेको मुद्दा परेको थियो । सन् २०१८ डिसेम्बरमा अदालतले उनलाई साउदी अरबमा रहेको स्टिल मिलको स्वामित्वसम्बन्धमा भ्रष्टाचार गरेको भन्दै सात वर्षको जेल सजाय दियो । 

सजायपछि शरिफले आफू निदोर्ष रहेको बताउँदै सेनाले आफूसँग राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका थिए । 

शरिफले अदालतसँग आफू चार हप्ताभित्र अथवा चिकित्सकले ठिक भएको प्रमाणित गरेपछि फर्कने प्रतिवद्धता जनाएका थिए । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...