यस सवालको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिइन् ऐश्वर्या राय
सुन्दर अनुहार र बान्की परेको जिउडाल मात्रै भएर मानिस पूर्ण हुँदैन । त्यसको लागि मानिसमा हुने अन्य कुराप्रतिको सोच र धारणाले मुख्य भूमिका हुन्छ ।
विश्वभरी सञ्चालन हुने धेरैजसो सुन्दरी प्रतियोगिताले पनि यही कुरालाई झल्काउँछ । विशेषतः धेरै नै चर्चामा रहँदै आएको विश्व सुन्दरी प्रतियोगिताको कुरा गर्दा यसमा प्रायः विजेताहरुमा पनि सुन्दरता सँगसँगै उनीहरुको अन्य चीजप्रतिको मूल्यांकन गर्ने क्षमता राम्रो भएको भेटिन्छ ।
यसैबीच, सन् १९९४ मा ‘विश्व सुन्दरी’ को ताज पहिरिएकी सुन्दरी ऐश्वर्या रायमा भएको उदारता र जागरुकता फैलाउने सोचका कारण नै उनी विश्व सुन्दरी बन्न सफल भएको उल्लेख गरिन्छ ।
ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा दिएको प्रश्नको जवाफ नै यति मिठो थियो कि उनलाई ताज समेत पहिर्यो ।
उनलाई विश्व सुन्दरीमा हुनुपर्ने गुण के कस्ता हुन् भनेर सोधिएको थियो । उनले भनेकी थिइन्, ‘अहिलेसम्म जतिजना विश्व सुन्दरी देखेकी छुँ ति सबैमा दयाको भावना रहेको छ । उनीहरुमा ठूला बडाको लागि मात्र होइन बेसाहारा र केही नभएका गरिब दुखिहरुका लागि पनि उत्तिकै दया र माया थियो । जसमा मानिसले बताएको विभिन्न बाधा, बन्धन, राष्ट्रियता, रंगभेद र भेदभावलाई बिर्सेर दुनियाँ देख्न सक्छ त्यो मात्रै विश्वसुन्दरी बन्न सक्छ र एक असल मानिस ।।’
प्रतियोगिताको दौरान ८७ वटा देशका युवतीहरुले भाग लिएका थिए । उनले मनछुने जवाफ दिएर निर्णायकहरुको मन जितेकी थिइन् । २१ वर्षकी ऐश्वर्याले उक्त समयमा आर्किटेक्चरको पढाई गरिरहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची