स्वप्न सुमनको ‘म तिम्रो’ टुबोर्ग ओपन सेसन्स् २ मा

काठमाडौं– “यो गीत म जस्तै परीहरुको कथामा विश्वास राख्ने सबैका लागी हो”, आफ्नो लोकप्रिय गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक गर्दै स्वप्न सुमनले भने ।
२०१८ मा युट्युबमा च्यानल आरबिट्ररी मार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स्ले अपलोड गरिएको ५१ वटा गीतहरुबाट सफलतापुर्वक १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ र फेरि अहिले टुबोर्ग ओपन सेसन्स्को सिजन २ सुरु भएको छ ।
गीतका शब्दहरुले यस प्रेम गीतको भावनाहरुलाई राम्ररी समेटेको छ । टुबोर्ग ओपन सेसन्स् २ को प्रस्तुतीमा स्वप्नको सुमधुर स्वरलाई रोहित शाक्यको अरेन्जमेन्टले थप निखार ल्याएको छ ।
स्वप्न सुमन निकै लोकप्रिय नेपाली गायक, गीतकार र गीतारिस्ट हुन् । विशेष गरि युवापुस्तामाझ निकै प्रिय रहेका स्वप्नले सधैं आफ्नो लागी स्टेज नेम चाहेका थिए । धेरै नामहरु पछि उनलाई अन्तिममा स्वप्न मनपर्यो । काठमाडौंमा जन्मिएका स्वप्नका कभर भिडियोहरु युट्युबमा चल्न थालेपछि उनको लोकप्रियता बढ्दै गयो ।
उनको युट्युबमा १२० हजार भन्दा बढी सब्स्क्राईबरहरु रहेका छन् भने, ईन्स्टाग्राममा १३६ हजार भन्दा बढी फलोवर्स रहेका छन् । सानै देखि संगीतमा रुचि राख्ने स्वप्नले आफै गीतार बजाउन सिकेका हुन् ।
उनले आफ्नो सांगीतिक यात्रा व्यवसायिक रुपमा कर्मा रेकर्डस्सँग सुरु गरेका थिए तर पछि आरबिट्ररी रेकर्डिङस्सँग आबद्ध भए । आरबिट्ररी रेकर्डिङस्सँग उनले कसरी भनु, दि कफी सङ, म तिम्रो जस्ता हिट गीतहरु रिलिज गरे ।
टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पु¥याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय