शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल परिवर्तनबारे समाचारको खण्डन गर्दै प्रचण्डले भने, ‘यो प्रमको क्षेत्राधिकारको विषय’

मङ्गलबार, ०३ मङ्सिर २०७६, १० : ३१
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौँ । वर्तमान सरकारको मन्त्रिमण्डल परिवर्तनबारे विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यसको खण्डन गरेको छ ।

सचिवालयले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित–प्रकाशित अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना गरेको हो ।

‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ,’ प्रचण्डको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि, अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हटाउन चाहेको र खानेमन्त्री विना मगरलाई यथावत राख्न चाहेको तर त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको समाचार बाहिर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप