ऋतिकले १० वर्षको उमेरमा गरेको ‘डान्स’ भाइरल बन्दै (भिडियो )
मङ्गलबार, ०३ मङ्सिर २०७६, १० : १३

नृत्यमा पोख्त बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षको उमेरमा पनि उत्तिकै उत्कृष्ट अभिनयसँग–सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्न सक्छन् ।
उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा उनले टाइगर श्राँफलाई दिएको चुनौतीले पनि उनी अझै उत्तिकै नृत्यमा पोख्त छन् भन्ने प्रमाण दिन्छ ।
यसैबीच उनले १० वर्षको कलिलो उमेरमा नै गरेको परिपक्क नृत्यले धेरैको ध्यान खिचेको छ । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनकी आमा पिंकी रोशनले उनको बच्चाबेलाको उक्त भिडियो सार्वजनिक गरेकी हुन् । भिडियो ऋतिकको बचपनको हो । उनी भिडियोमा डिजेसँग नाचिरहेकाछन् । उनीसँगै अन्य बच्चाहरु पनि नाचिरहेका छन् । उनले यसरी नाचिरहेका छन् उनी एक परिपक्व डान्सर हुन् ।
पिंकीको उक्त भिडियोमा डिजाइनर जोडी सन्दिप खोसला र अबू जानीले रेड हार्ट इमोजी रियाक्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन