आसामको वेश्यालयबाट नेपालका चार नाबालिग र तीन किशोरीको उद्धार

लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ ।
त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो ।
नेपालमा स्थापना भएको गैर नाफामुलक संगठन, शक्ति समूहको नेतृत्वमा ती युवतीहरुको उद्धार भएको हो ।
शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।
‘उद्दार गरिएका सातजनामध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए,’ शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए ।
दिलिपले नर्थइस्ट नाउसँगको कुराकानीमा भने, ‘जुलाई १४ तारिखमा एक किशोरीको उद्धार गरिएपछि यो वेश्यालयमा छट्पटाइरहेका उनीहरुलाई उद्धार गर्न सम्भव भएको हो ।’
कोइरालाले थपे, ‘उनीहरुलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ ।’
‘यी सबै सातजनामध्ये कतिलाई राम्रो काम दिलाउने प्रलोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको थियो,’ कोइरालाले जानकारी दिए ।
उनले यसबारे दूतावासमा जानकारी दिइसकेको र मंगलबार सिल्चार अदालतमा एकपटक पेश गराएपछि उनीहरुलाई नेपाल फिर्ता लैजाने पनि उनले जानकारी दिए ।
सन् १९९६ मा मुम्बईस्थित थुप्रै वेश्यालयबाट उद्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेको उनले बताए ।
सिल्चारमा मात्रै नभई भारतका विभिन्न स्थानमा यस्ता अभियान बारम्बार गरिँदै आएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म