पीएसजीसँग सम्झौता लम्ब्याउन नेयमारद्वारा अस्वीकार

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग करार सम्झौता लम्ब्याउन अस्वीकार गरेका छन् । पीएसजीले सन् २०२५ सम्म सम्झौता लम्ब्याउन गरेको प्रस्तावलाई नेयमारले अस्वीकार गरेका हुन् ।
२७ वर्षीय नेयमारको पीएसजीसँग सन् २०२२ सम्म सम्झौता छ । उनी सन् सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका थिए । नेयमारले पछिल्लो समय पीएसजीमा त्यति नरुचाएको समाचारहरु बाहिरिरहेका छन् ।
नेयमार यसै सिजन बार्सिलोना फर्कन चाहेका थिए । तर पीएसजीले नेयमारका लागि प्रस्ताव गरेको तीन सय मिलियन युरो तिर्न बार्सिलोना तयार नदेखिएपछि उनी पीएसजीमै थन्किएका थिए ।
पछिल्लो समय नेयमार चोटले पनि सताइएका छन् । नेयमारको चोटका कारण पीएसजीले ठूला स्पर्धामा सोचेजस्तो नतिजा ल्याउन सकेको छैन । पीएसजीले नेयमारलाई च्याम्पियन्स लिग जित्ने योजनासहित भित्र्याएको थियो । नेयमारको लगातार चोटका कारण पीएसजीको त्यो सपना पूरा हुन सकेको छैन ।
यस सिजन पनि घाइते भएका नेयमार एक महिनाको विश्रामपछि मैदानमा फर्कने तयारीमा छन् । नेयमारको पूर्व क्लब बार्सिलोना फर्कने चाहना तीव्र रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध