पाकिस्तानमा दुई जना भारतीय पक्राउ, आतङ्क फैलाउने जासुस भएको पाकिस्तानको आरोप
एजेन्सी । पाकिस्तानी अधिकारीले सोमबार दुई भारतीय नागरिकलाई गिरफ्तार गरेका छन् । मिडिया रिपोर्ट अनुसार यी भारतीयमाथि अवैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको आरोप छ ।
गिरफ्तार गरिएका भारतीयहरुको नाम प्रशान्त (मध्य–प्रदेश निवासी) र दारीलाल (तेलंगाना) बताइएको छ ।
जियो न्युजका अनुसार दुवै भारतीय नागरिकलाइ पञ्जाब प्रान्तको बहावलपुरमा गिरफ्तार गरिएको थियो । पक्राउ पर्दा तीसँग कुनै काुननी कागजात थिएन ।
प्रहरीका अनुसार दुवै विरुद्ध मुद्दा दर्ता गरिएको छ । गिरफ्तार गरिएको एक भारतीय सफ्टवेयर इन्जिनियर रहेको पाकिस्तान प्रहरीले जानकारी दिएको छ ।
पाकिस्तानी प्रहरीका अनुसार तिनलाई पाकिस्तानमा आतंकवादी आक्रमण गर्नको लागि पठाइएको थियो ।
अगस्तमा पनि भारतीय जासुस पक्राउ
गत अगस्तमा पनि प्रहरीले पञ्जाव प्रान्तमा एक भारतीय जासुसलाई गिरफ्तार गरेको थियो ।
ती व्यक्ति गाजी खान सहरबाट पक्राउ परेका थिए । राजू लक्ष्मण नाम खुलाइएको ती व्यक्तिलाई लगतै गुप्तचर एजेन्सीको जिम्मा लगाइएको थियो । उनलाई बलूचिस्तान प्रान्तबाट पाकिस्तान प्रवेश गर्ने क्रममा पक्राउ गरिएको थियो ।
राजू लक्ष्मण नामका व्यक्तिलाई पक्राउ गरिएकै ठाँउबाट पाकिस्तानले कुलभूषण जाधवलाई पक्राउ गरेको पाकिस्तानले जनाएको छ ।
जाधव अवकाशप्राप्त सैनिक हुन् । उनलाई पाकिस्तानको सैन्य अदालतले जासूसी र आतंकवादको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
अदालतले सन् २०१७ अप्रिलमा उक्त सजाय सुनाएपछि भारत यो मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत गएको थियो ।
अन्तर्राष्ट्रिय अदालतले आफ्नो फैसलामा कुलभूषण जाधवको मृत्युदण्डमा रोक लगाएको थियो । अदालतले कुलभुषणलाई कन्सुलर एक्सेस(पहुँच) दिन निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
-
लागुऔषध चरेशसहित एक जना पक्राउ