बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बोलेभियाको कु–देता : मुलधारका मिडियाले नबताएका कुराहरु

हिंसात्मक वितण्डा र प्रेस स्वतन्त्रतामाथि भएको ठाडो आक्रमणको बारेमा कर्पोरेट मिडियाहरुले कानेखुसी समेत पनि गरेन
मङ्गलबार, ०३ मङ्सिर २०७६, ०८ : ३१
मङ्गलबार, ०३ मङ्सिर २०७६

फ्रान्सिस्को डोमिन्ग्वेज

बोलिभियाका पूर्व उपराष्ट्रपति कार्लोस मेसाले नेतृत्व गरेका दक्षिणपन्थी गठबन्धन द कमिते सिउदादानो (नागरिकहरुको कमिटी), र खरबपति व्यापारी लुइस फर्नान्डो कामाचोले नेतृत्व गरेका सान्ता क्रुजको चरम दक्षिणपन्थी दवाब समूह कमिते सिभिको (नागरिक कमिटी) ले राष्ट्रका विभिन्न भागहरुमा नृशंस हिंसाको लहर सिर्जना गरे, जसको एक मात्र लक्ष्य लोकतान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति इभो मोरालेजलाई अपदस्थ गर्नु नै थियो ।

उक्त हिंसाको ताण्डव भाडाका बदमास टट्टु सशस्त्र गिरोहको माध्यमबाट मच्चाइएको थियो, जसको मुख्य निशाना नै सार्वजनिक भवनहरु र सरकारसँग सम्बद्ध संगठनहरु (ट्रेड युनियन, सहकारी, कमजोर समुदायहरु र मोरालेज समर्थक भनिएका टोलहरु, रेडियो स्टेशनहरु लगायत), सरकारसँग जोडिएका व्यक्तिहरु (मन्त्रीहरु, मेयरहरु आदि) र मुख्य गरेर आदिवासी समुदायका ती व्यक्तिहरु थिए, जसले तिनीहरुको जातिभेदको चोटलाई सहेका थिए । उनीहरुले मुख्य गरेर आदिवासी महिलाहरुलाई निशाना बनाएका थिए ।

यो २००८ सालमा शुरु गरिएको जातिवादी हिंसाको पुनः उठान थियो, जसको लक्ष्य प्रजातान्त्रिक विधिबाट निर्वाचित मोरालेजलाई अपदस्थ गर्नु र राज्यलाई दुई टुक्रा पार्दै पूर्वी क्षेत्रमा आदिवासीरहित देश स्थापना गर्नुथियो, जुन क्षेत्र ग्याँसमा धनी छ र तेलको ठूलो भण्डार छ ।

समयक्रममा, अमेरिकी राजदूत फिलिप गोल्डवर्गले त्यस अभियानमा मुख्य भूमिका निर्वाह गरे । भेनेजुएलामा जस्तै बोलिभियामा भएको संसारकै सबैभन्दा ठूलो लिथियमको संग्रहमा अतिरिक्त लाभ पाएकै कारण अमेरिकाले त्यहाँका धनाढ्यहरुलाई धाप मार्न छाडेन ।

*******

अमेरिकी राजदूत फिलिप गोल्डवर्गले त्यस अभियानमा मुख्य भूमिका निर्वाह गरे । भेनेजुएलामा जस्तै बोलिभियामा भएको संसारकै सबैभन्दा ठूलो लिथियमको संग्रहमा अतिरिक्त लाभ पाएकै कारण अमेरिकाले त्यहाँका धनाढ्यहरुलाई धाप मार्न छाडेन ।

*******

यसले गर्दा अक्टोबर २०, २०१९ मा भएको चुनावमा बोलिभियाका दक्षिणपन्थी खेमाहरु नराम्ररी परास्त भए । त्यहाँको निर्वाचन परिणामले मोरालेजको मुभमेन्ट फर सोसियालिजम (मास MAS)  ले ४७.०८ प्रतिशत भोट पाएर ३६.५१ प्रतिशत भोट पाएका कार्लोस मेसा र ८.७८ भोट पाएका अर्का उमेदवारलाई हराए । त्यसबाहेक मासले कंग्रेस र सिनेटमा पनि निरपेक्ष बहुमत हासिल गर्यो । तर दक्षिणपन्थी विपक्षीहरुले त्यो निर्वाचन परिणामलाई अस्वीकार गर्यो र एकदमै ल्याटिन अमेरिकाको दक्षिणपन्थी शैलीमा त्यसलाई धोका भनेर आरोप लगायो ।

बोलिभियामा चुनाव प्रक्रिया पूर्णतः मानिसले सम्पन्न गर्ने गर्छ । यही बहानामा दक्षिणपन्थीहरुले बोलिभियाको चुनावमा आदिवासी र ग्रामीण भेगका मत गणना गर्न र त्यसलाई ला पाजमा सुप्रिम इलेक्टोरल ट्रिव्युनल [Supreme Electoral Tribunal (TSE)] मा मत एकत्रित गरेर ठोस नतिजा दिन भएको ढिलाइलाई बहाना बनाउँदै धाँधली भन्ने मौका छोपे ।

*******

दक्षिणपन्थीहरुले विश्वका कर्पोरेड मिडियाहरुको साथ लिएर चुनावमा धाँधली भएको भन्दै अत्यन्तै विषाक्त ‘मिडिया क्याम्पियन’ नै छेडे । अक्टोबर २२ देखि अत्यन्तै व्यग्रताको साथ आक्रमक कु–देता शुरु भयो र क्रोधित दक्षिणपन्थी बदमासहरु र अरु बर्बरहरुले चुनावमा धाँधली भएको दावी गर्दै बोलिभियाभित्रका तीनवटा चुनाव कार्यालयहरुमा आगो लगाए ।

*******

दक्षिणपन्थीहरुले विश्वका कर्पोरेड मिडियाहरुको साथ लिएर चुनावमा धाँधली भएको भन्दै अत्यन्तै विषाक्त ‘मिडिया क्याम्पियन’ नै छेडे । अक्टोबर २२ देखि अत्यन्तै व्यग्रताको साथ आक्रमक कु–देता शुरु भयो र क्रोधित दक्षिणपन्थी बदमासहरु र अरु बर्बरहरुले चुनावमा धाँधली भएको दावी गर्दै बोलिभियाभित्रका तीनवटा चुनाव कार्यालयहरुमा आगो लगाए ।

सुप्रिम इलेक्टोरल ट्रिव्युनलले ‘कुनै उम्मेदवारले ४० प्रतिशतभन्दा बढी भोट ल्यायो र प्रतिस्पर्धीभन्दा १० प्वाइन्टले अगाडि छ भने अर्को चरणको चुनाव जरुरी छैन’ भन्ने संवैधानिक सिद्धान्तको आधारमा मोरालेजको विजयको घोषणा गरेपछि उनीहरुको त्यो हिंसा झनै वृहद रुपमा भड्कियो ।

त्यो तनावलाई अन्त्य गर्नको लागि मोरालेजले ट्रिव्यूनललाई चुनावको  लेखाजोखा गर्न अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स लाई डाक्न समेत भने । तर मेसा, क्यामाचो र उनका समर्थकहरुले यो स्पष्ट कुरालाई पनि अस्वीकार गरे र बदलामा मोरालेजको राजीनामा र नयाँ चुनावको माग गरिरहे । साथसाथै, उनीहरुले जातिवादी बदमासहरुको ‘मास’का समर्थकहरुलाई अधिराज्यभरि नै कुकुर खेदाइ गर्ने अभियानलाई उक्साइरहे ।

*******

मोरालेजले ट्रिव्यूनललाई चुनावको  लेखाजोखा गर्न अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स लाई डाक्न समेत भने । तर मेसा, क्यामाचो र उनका समर्थकहरुले यो स्पष्ट कुरालाई पनि अस्वीकार गरे र बदलामा मोरालेजको राजीनामा र नयाँ चुनावको माग गरिरहे । साथसाथै, उनीहरुले जातिवादी बदमासहरुको ‘मास’का समर्थकहरुलाई अधिराज्यभरि नै कुकुर खेदाइ गर्ने अभियानलाई उक्साइरहे ।

*******

आदिवासी महिला र पुरुषहरुविरुद्ध भएगरिएका जातिवादी हिंसाका भयावह तस्बिरहरुले सामाजिक संजाल भरिए, जस्तो कि, भिन्टोका मेयर (जो महिला थिइन्) माथि कोचाबाम्बामा भएका घटना, जसमा बदमासहरुले उनलाई पक्राउ गरेर उनको कपाल खौरिदिए, रातो रंग (बोलिभियाका दक्षिणपन्थीहरुको रंग) खनाइदिए, जबरजस्ती शहरभरि नांगो खुट्टा हिँड्न लगाए, अनि मोरालेजको सरकारलाई समर्थन गरेवापत घुडा टेकाएर क्षमायाचना गर्न भने ।

उनले बहादुरीपूर्वक क्षमायाचना गर्न अस्वीकार गरिन् र खडा भइन् । आखिरमा उनलाई कानून व्यवस्था लागू गर्ने शक्तिले उद्दार गर्यो । त्यसैबेला अरु जातिवादी सशस्त्र बदमासहरुले भिन्टो शहरका सभाकक्षमा आगो लगाइदिए ।

त्यसैगरी, ओरुरो शहरको सभाकक्ष पनि ती विपक्षी बदमासहरुले आगो लगाइदिए । त्यसले ओरुरो शहरका गभर्नर भक्टर ह्युगो भास्कवेजको घर पनि जल्यो । त्यसैगरी, चुक्विसाकाका मास गभर्नर एस्टेवेन उरक्विजोको घर पनि ध्वस्त भयो ।

त्यसबाहेक, सशस्त्र विपक्षहरुले आफ्नो भाइलाई अपहरण गरेपछि बोलिभिया कंग्रेसका सभापति भिक्टर बोर्डाले आफ्नो पद र सभासदको पदबाट समेत राजीनामा दिए । उनले आफ्नो भाइलाई बचाउन तथा मुलुकको शान्ति कायम गर्नका लागि राजीनामा दिएका थिए । मासका अन्य जुझारु सदस्यहरुका विरुद्ध पनि यो तरिका अपनाइयो, जसले गर्दा थुप्रै जनाले राजीनामा दिए र मासभित्र संकट पैदा गरिदियो । बोलिभियाका दक्षिणपन्थी मिडियाहरुले समेत यो तरिकाका बारेमा रिपोर्ट छापे ।

 ओरुरो शहरको अर्को जातिवादी क्रोधको घटनामा इभो मोरालेजका बहिनी एस्थर मोरालेज आयमाको घरमा पनि आगलागी गरियो ।

दक्षिणपन्थी भीडले हिंसात्मक ढंगले बोलिभिया टेलिभिजन र नुएभा पाट्रिआ रेडियोको परिसर कब्जा गर्यो । उनीहरुले सरकार समर्थक यी दुवै ठाउँबाट बलपूर्वक सबै कामदारहरुलाई खेदे । प्रेस स्वतन्त्रतामाथि भएको ठाडो आक्रमणको बारेमा कर्पोरेड मिडियाहरुले कानेखुसी समेत पनि गरेन ।

*******

दक्षिणपन्थी भीडले हिंसात्मक ढंगले बोलिभिया टेलिभिजन र नुएभा पाट्रिआ रेडियोको परिसर कब्जा गर्यो । उनीहरुले सरकार समर्थक यी दुवै ठाउँबाट बलपूर्वक सबै कामदारहरुलाई खेदे । प्रेस स्वतन्त्रतामाथि भएको ठाडो आक्रमणको बारेमा कर्पोरेड मिडियाहरुले कानेखुसी समेत पनि गरेन ।

*******

आक्रमकताको अर्को घटनामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले किसान महासंघको रेडियो स्टेशनका परिसर कब्जा गर्दै त्यसका डाइरेक्टर जोसे एरामायोलाई बन्दी बनाए । निर्घात हिंसा गरिएका उनलाई सडकको रुखमा बाँधिएको थियो ।

हिंसाको यो लहड अमेरिकी नेतृत्वमा भएको कु–देताको प्रयत्न र उग्र दक्षिणपन्थीहरुले भेनेजुएलामा सन् २०१४ र २०१७ मा र निकारागुआमा २०१८ मा गरेको हिंसासँग ठ्याक्कै मिल्दोजुल्दो थियो ।

*******

हिंसाको यो लहड अमेरिकी नेतृत्वमा भएको कु–देताको प्रयत्न र उग्र दक्षिणपन्थीहरुले भेनेजुएलामा सन् २०१४ र २०१७ मा र निकारागुआमा २०१८ मा गरेको हिंसासँग ठ्याक्कै मिल्दोजुल्दो थियो ।

*******

ती बदमासहरुलाई निर्वाध र दण्डहीन ढंगल अगाडि बढ्न केले पनि सघायो भने पुलिस शक्तिको महत्त्वपूर्ण शाखा (जुन नियोजित कार्य जस्तै देखिन्छ) ले थुप्रै आर्थिक मागहरु (सशस्त्र शक्तिको तहमा तलब बढाउनुपर्ने) उठाए, आफ्ना व्यारेकमा फर्किए र आमजनतालाई ती विध्वंश मच्चाइरहेका ती जातिवादी बदमाशहरुको दयामायामा छाडिदिए । समुदाय र मोरालेजका समर्थकहरुले आफ्नै सुरक्षा संयन्त्र बनाए, र यसरी तनाव चुलिँदै गयो ।

त्यसबेला मोरालेजको सरकारका विरुद्ध यथार्थताभन्दा धेरै टाढा रहेर चिच्चाइरहेका र विद्रोहीका रुपमा त्यहाँ उपस्थित रहेका विश्वका कर्पोरेट मिडियाहरुले त्यस्ता अत्यन्तै खराब वितण्डाका घटनाहरुलाई चलाखीपूर्वक लुकाए ।

*******

मोरालेजको सरकारका विरुद्ध यथार्थताभन्दा धेरै टाढा रहेर चिच्चाइरहेका र विद्रोहीका रुपमा त्यहाँ उपस्थित रहेका विश्वका कर्पोरेट मिडियाहरुले त्यस्ता अत्यन्तै खराब वितण्डाका घटनाहरुलाई चलाखीपूर्वक लुकाए ।

*******

सरकारले त्यसलाई एकदमै सही रुपमा नै मोरालेजलाई सत्ताच्यूत गर्नको लागि जातिवादी र फासीवादी बदमासहरुसँग मिलेर दक्षिणपन्थी समूहले कु–देता (coup) को प्रयत्न रुपमा चित्रित गर्यो । 

नोभेमबर १० मा मोरालेजले जातीय हिंसालाई अन्त्य गर्ने उद्देश्यले टिएसईलाई पुनर्गठन गर्दै नयाँ ताजा निर्वाचनको घोषणा र विपक्षीहरुलाई वार्ताको लागि आव्हान गर्यो ।

तर एउटा सार्वजनिक वक्तव्यमा कार्लोस मेसाले मोरालेज र उनका उपराष्ट्रपति एल्भारो गार्सिया लिनेराले आफ्नो पदमा बसिबस्न नपाउने र कुनै पनि ताजा निर्वाचनमा उम्मेदवार समेत बन्न नपाउने भन्दै राजीनामाको माग गर्यो ।

साथसाथै, उनले विपक्षीहरुलाई सडकको आफ्नो दवाबलाई झनै सघन पार्न पनि हौस्यायो, जुन संघर्षले गर्दा मूलतः आदिवासीहरु धेरै नै पीडित भइसकेका थिए र राष्ट्रलाई गृहयुद्धको संघारमा पु[र्‍याइसकेको थियो ।

*******

यथार्थ ‘गेम प्लान’ यही थियो । २००८ यता बोलिभियाको प्रजातन्त्र कहिले पनि यतिसाह्रो खतरामा परेको थिएन । सेनाका कमाण्डर इनचिफले पनि मोरालेजको राजीनामाको माग गरे । फलतः शान्तिको लागि मोरालेज र उपराष्ट्रपति एल्भारो गार्सिया लिनेरा टेलिभिजनमा गएर आफ्नो राजीनामा दिन बाध्य भए । कु–देता सफल भयो ।

*******

यथार्थ ‘गेम प्लान’ यही थियो । २००८ यता बोलिभियाको प्रजातन्त्र कहिले पनि यतिसाह्रो खतरामा परेको थिएन । सेनाका कमाण्डर इनचिफले पनि मोरालेजको राजीनामाको माग गरे । फलतः शान्तिको लागि मोरालेज र उपराष्ट्रपति एल्भारो गार्सिया लिनेरा टेलिभिजनमा गएर आफ्नो राजीनामा दिन बाध्य भए । कु–देता सफल भयो ।

हामी बोलिभियाली श्रमिक आन्दोलनलाई दक्षिणपन्थी समूहले गरेको कु–देताको भत्र्सना गर्न, बोलिभियाको प्रजातन्त्र र कु–देताले राष्ट्रलाई धकेलिदिएको संकटबाट मुक्ति दिलाउने शान्तिपूर्ण समाधानको रुपमा मोरालेजको ताजा चुनावको आव्हानलाई समर्थन गर्न आव्हान गर्छौं ।  ल्याटिन अमेरिकामा अब अरु पिनोसे (चिलीको तानाशाह) चाहिँदैन ।

(लेखक फ्रान्सिस्को डोमिन्ग्वेज चिलीका प्राज्ञिक व्यक्तित्व र अधिकारकर्मी हुन् । यो zcomm.org मा प्रकाशित लेखको नेपाली अनुवाद हो । )

Title Photo: https://thenypost.files.wordpress.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप