शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेस्सीको गोलले हारबाट जोगियो अर्जेन्टिना

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०८ : १८
मङ्गलबार, ०३ मङ्सिर २०७६

कप्तान लियोनल मेस्सीले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोलगर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । सर्जियो अगुएरोले ६३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । अगुएरोले मेस्सीको फ्रिकिक पासमा हेड गोल गरेका थिए । त्यसपछि ६७औं मिनेटमा उरुग्वेले पुनः अग्रता लियो । लुइस स्वारेजले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । त्यसपछि अर्जेन्टिनाले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै हार टारेको थियो । उरुग्वेका रक्षक मार्टिन कासेरेसले डिबक्स भित्र ह्यान्ड गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा मेस्सी नायक बने ।

मेस्सीले झन्डै चार महिनाको प्रतिबन्ध पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केर लगातार दोस्रो खेलमा गोल गरेका हुन् । मेस्सीले शुक्रबार ब्राजिलविरुद्धको खेलमा पनि गोल गरेका थिए । युरोपेली देशहरु अहिले युरोकप छनोट खेलमा ब्यस्त रहँदा दक्षिण अमेरिकी देशहरु मैत्रीपूर्ण खेलमा जमिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप