त्रिवि सेवा आयोगको परीक्षा बहिस्कार

ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्प्युटर विज्ञानको पहिलो पत्र (दोस्रो खण्ड)को विषयगत परीक्षाको प्रश्नपत्र त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप नभएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।
ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस केन्द्रका परीक्षार्थीले प्रश्नपत्र गैरविषयको समेटिएको भन्दै बहिस्कार गरेका हुन् । कम्प्युटर विज्ञानको विषयगत परीक्षा भएपनि सिलेबसभन्दा बाहिर गएर इलेक्ट्रोनिक्सको असम्बन्धित प्रश्नपत्र सोध्ने काम भएकाले आफूहरुले परीक्षा बहिस्कार गरेको परीक्षार्थी रमेश न्यौपानेले जानकारी दिए ।
उनले सोमबार पनि यस्तै असम्बन्धित प्रश्न सोधिएको र मङ्गलबार सोही गल्ती दोहोरिएको पाइएपछि परीक्षा बहिस्कार गरिएको बताए ।
परीक्षार्थीहरुले यो परीक्षालाई रद्द गर्दै पुन: परीक्षाको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग