बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

औषधिमा विकृतिः दुई भारतीय उद्योग जीएमपीमा असफल

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०७ : २७
मङ्गलबार, ०३ मङ्सिर २०७६

नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई भारतीय उद्योग ‘गुड म्यानिफ्याक्चर प्राक्टिस’ अर्थात् ‘जीएमपी’ मापदण्डमा असफल भएका छन् ।

नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा ‘गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन ?’ भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ उद्योगमा पुगी जीएमपी मापदण्ड निरीक्षण गरेको थियो । विभागद्वारा सार्वजनिक प्रतिवेदनमा ‘पटना विहारमा रहेको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालि र नागपुरस्थित युनिजुलेस लाइफ साइन्सेज’ रहेको उल्लेख छ । यी उद्योगले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप