हिमपहिरोमा परी चार जवान, दुई भरियाको मृत्यु

भारत प्रशासित काश्मिरकाे उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे ।
भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो ।
सेनाले आफ्नो बयानमा उक्त घटनालगत्तै हिमस्खलन उद्दार समूहलाई घटनास्थलमा पठाइएको जसले आठजनालाई बरफबाट निकालेका हुन् ।
यी सबैलाई हेलिकोप्टरमार्फत् सेना अस्पताल ल्याइयो जसमध्ये सातजनाको स्थिती अत्यधिक गम्भीर थियो ।
यद्यपि, चार जवान र दुई सर्वसाधारणलाई बचाउन सकिएन ।
उक्त हिमस्खलनमा केही भारतीय चौकीमा पनि क्षती पुगेको खबर आइरहेको छ ।
संसारको सबैभन्दा अग्लो युद्धक्षेत्रः
सियाचिनलाई संसारको सबैभन्दा अग्लो युद्धक्षेत्र भनिन्छ जुन काराकोरम रेन्जमा समुद्र सतहभन्दा २० हजार फिटको उचाईमा छ ।
सियाचिन ग्लेशियरमा तापक्रम माइनस ६० डिग्री सेल्सियसभन्दा पनि कम हुन्छ । साथै यहाँ हिम पहिरो र पहिरो आउनु साधारण कुरा हो ।
सन् २०१६ मा सियाचिनमा हिमपहिरोमा १० जवान बरफमुनी दबिएका थिए । ६ दिनपछि लान्स नायक हनमनथप्पालाई बचाइएको थियो तर पछि दिल्लीमा उनको मृत्यु भयो ।
भारतमा मात्रै होइन सियाचिन ग्ल्यासियरको अर्कोतर्फ पाकिस्तानको गयारी क्षेत्रमा पनि यस्तै स्थिती छ । सन् २०१२ मा भएको एक हिम पहिरोमा परी पाकिस्तानका १ सय २९ जवान र ११ सर्वसाधारणको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता