शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०६ : ४८
मङ्गलबार, ०३ मङ्सिर २०७६

मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल गरेका छन् । 

नेकपाको आइतबार सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि ओलीले शीर्ष नेतासँग नै छलफल गरी मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य थालेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप