प्रहरी सहायक निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई रु १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।
यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०/७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ । समयमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा रु ७७ लाख ८६ हजार बिगो माग दाबी गरिएको छ ।
यसैगरी गोरखापत्र संस्थानका उपसम्पादक (तह–७) पदमा कार्यरत वासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ सेवा प्रवेश गरेको तथा बढुवासमेत भएको आरोपमा आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको छ । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी संस्थानमा सेवा प्रवेश तथा स्तरवृद्धि गरेको आयोगको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने