बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो

सोमबार, ०२ मङ्सिर २०७६, १९ : ०६
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशको यू–२३ टोलीसँग आठ  विकेटले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपालले दिएको एक सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए । नेपालका सुशन भारी र करण केसीले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले बाहेक अन्य खेलाडीले गतिलो प्रर्दशन गर्न सकेनन् । सोमपालले ३८ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल र करण केसीले ५० रनको साझेदारी गरेका थिए । 

पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गरेका थिए । मल्ले २२ र भुर्तेल १० रन बनाए । करण केसीले १८ र आरिफ शेखले ११ बनाएका थिए ।

बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान तीन तीन विकेट लिए । तान्भिर इस्लामले दुई तथा मेहेदी हसनले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप