प्रदेश ५ को मन्त्रिपरिषद बैठक : यस्ता छन् निर्णयहरु

बुटवल । प्रदेश - ५ को मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनको नियुक्तीदेखि गाउँपालिकाको केन्द्र परिवतर्न गर्न संघीय सरकारलाई सिफारीस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त गरेको छ । डा. खनाल वरिष्ठ रेडियोलोजिष्ट हुन् । यसअघि मेडिकल सुपरिटेण्डन रहेका डा. कृष्ण खनालले अनिवार्य अवकास पाएका थिए ।
यस्तै बैठकले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्षले ५० हजार ६ सय मासिक पारिश्रमिक पाउने गरी मापदण्ड बनाइएको छ ।
यसैगरी प्रदेश लोकसेवा आयोजकका सदस्यको पािरश्रमिक, सेवाको सर्त र ुसुविधा पनि बैठकले स्वीकृत गरेको छ । आयोगका सदस्यहरुले पनि ५० हजार ६ सय पारिश्रमिक पाउनेछन् ।
यता कानुन मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ खुमाकान्त पौडेलको पनि पारिश्रमिक एवं सुविधा बैठकले स्वीकृत गरेको छ । पौडेलले मासिक ४९ हजार पारिश्रमिक पाउनेछन् । बैठकले विपत्त व्यवस्थापन कार्य सञ्चालन निर्देशिका, कृषि पशुपंक्षी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम र स्मार्ट कृषि गाउ कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले वाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ । बाँकेको जानकी गाउँपालिका वडा – ४ खजुरा बाट वडा नंं ३ मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका पवक्ता बैजनाथ चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन