‘म्याडम म्याडम’ मा श्रृष्टिको आइटम

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ पनि आइटमा देखिएकी छन् । उनले फिल्म ‘माछा माछा’ को गीत ‘म्याडम म्याडम’ मा आइटम नृत्य गरेकी हुन् । गीतमा श्रृष्टिसँग अभिनेता सौगात मल्लले समेत ठुम्का लगाएका छन् । यी दुवैका अलवा गीतमा विजय बराल र अनोज पाण्डे पनि देखिएका छन् । गीतका गायक तथा संगीतकार अनुपम शर्मा हुन् ।
निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो । २० मंसिरबाट प्रदर्शनमा आउने ‘माछा माछा’ क्राइम तथा कमेडी जनरामा निर्माण भएको कार्यक्रममा जानकारी दिइयो ।
फिल्ममा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतको अभिनय समेटिएको छ ।
फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । सुनिलको यो निर्देशनमा डेब्यू फिल्म हो । रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण रहेको फिल्म सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा तयार भएको हो ।
‘माछा माछा’ को सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको फिल्ममा अभिनेता दयाहाङ राइले समेत अतिथी भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु