केन्द्रीय संस्करण

‘म्याडम म्याडम’ मा श्रृष्टिको आइटम

person explore access_timeमंसिर २, २०७६ chat_bubble_outline0

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ पनि आइटमा देखिएकी छन् । उनले फिल्म ‘माछा माछा’ को गीत ‘म्याडम म्याडम’ मा आइटम नृत्य गरेकी हुन् ।  गीतमा श्रृष्टिसँग अभिनेता सौगात मल्लले समेत ठुम्का लगाएका छन् । यी दुवैका अलवा गीतमा विजय बराल र अनोज पाण्डे पनि देखिएका छन् । गीतका गायक तथा संगीतकार अनुपम शर्मा हुन् ।

निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो । २० मंसिरबाट प्रदर्शनमा आउने ‘माछा माछा’ क्राइम तथा कमेडी जनरामा निर्माण भएको कार्यक्रममा जानकारी दिइयो । 
फिल्ममा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतको अभिनय समेटिएको छ । 

फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । सुनिलको यो निर्देशनमा डेब्यू फिल्म हो । रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण रहेको फिल्म सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा तयार भएको हो । 

‘माछा माछा’ को सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको फिल्ममा अभिनेता दयाहाङ राइले समेत अतिथी भूमिका निर्वाह गरेका छन् । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...