मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रेस्टुरेन्ट पारखीहरुका लागि ‘रेष्ट्रो मेनु एप’

सोमबार, ०२ मङ्सिर २०७६, १७ : ००
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा आएको छ । स्मार्ट अनलाइन सोलुसन प्रा.लि.ले निर्माण गरेको उक्त एपको एक कार्यक्रमका बीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरे । 

एपले रेस्टुरेन्ट संचालकको अब आफ्नो व्यवसाय प्रबर्द्र्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहक बीच पुलको काम गर्नुका साथै व्यवसायलाई आधुनिक प्रविधिसँग जोडी सरल र सहज बनाउने विश्वास लिइएको छ । जसले महत्त्वपूर्ण समय र पैसाको पनि बचत हुन्छ । 

बिदेशहरुमा व्यापक रूपमा चलेको प्रबिधि नेपालमा भित्र्याएपछि अब आफूले रोजेको र खोजेको खाना खान भोतारिदै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने कम्पनीका अध्यक्ष ध्रुव शर्माले बताए । 

हाल काठमाडौं लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवा सहित नेपालका विभिन्न स्थानका करिब २ हजार रेस्टुरेन्ट यस एपमा आबद्ध भईसकेका छन् । 

६ महिनामा करिब ५ हजार, १ बर्ष भित्रमा नेपाल अधिराज्यका करिब दश हजार रेस्टुरेन्ट यस एपमा जोड्ने र आगामी २ बर्ष भित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको निर्माण पक्ष स्मार्ट अनलाईन सोलुसनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप