शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गुड न्युज’ ट्रेलरमा अक्षय र करिनाको भरपुर कमेडी

सोमबार, ०२ मङ्सिर २०७६, १६ : ४७
सोमबार, ०२ मङ्सिर २०७६

मुम्बई– अभिनेता अक्षयकुमार र अभिनेत्री करिना कपुर अभिनित कमेडी फिल्म ‘गुड न्युज’ का ट्रेलर सार्वजनिक भएको छ । फिल्मभित्र रहेको कमेडी प्लट समेटिएको ट्रेलरमा अक्षयकुमार, करिनाको अलवा दिलजित दोसान्झ र कियारा आडवाणी समेत देखिएका छन् ।

यसअगाडि फिल्मका तीन पोस्टर सार्वजनिक गरिएको थियो । जसमध्ये एकमा अक्षयकुमार दुई गर्भवती महिलाको पेटको बीचमा देखिएका थिए । फिल्मको कथा दुई जोडी बत्रा परिवारको हो । दुबै जोडीले बच्चा पैदा गर्न इन विट्रो फर्टिलाइजेशन आईवीएफ टेक्नोलोजीको सहारा लिन्छन् । दिलजित–कियारा र अक्षय –करिनाको गुड न्युजका बीचमा सबै कुरो उल्टोपुल्टो हुन्छ । 

सोही क्रममा करीनामा दिलजित र कियारमा अक्षयका स्पर्म ट्रान्फर हुन्छ । जब स्पर्म मिक्स हुन्छ । तब फिल्मको कहानी अगाडि बढ्छ ।  ट्रेलर सार्वजनिक हुने बितिकै दर्शकले पनि निकै मन पराएका छन् । ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ फिल्मबाट दर्शकले निकै मनोरन्जन लिन सक्छन् ।

‘गुड न्युज’ मार्फत लामो समयपछि करिना र अक्षयले एकसाथ काम गरेका हुन् । करण जौहरको यो फिल्म २७ डिसेम्बरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप