शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने धमाधम पक्राउ

सोमबार, ०२ मङ्सिर २०७६, १५ : २६
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौँ । नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने विरुद्ध पछिल्लो समय राजस्व अनुसन्धान विभागले आक्रामक तरिकाले अनुसन्धान थालेको छ । २ वटा फर्म र ३ जना व्यक्ति विरुद्ध नक्कली बिल प्रयोग गरी राजस्व छलेको भन्दै विभागले अदालतमा मुदा दायर गरेको छ । उनीहरुले १ करोड ७४ लाख २१ हजार कर छली गरेको आरोप छ । 

अम्बेल इन्टरप्राइजेजका प्रोपाइटर विनिता दुवाडीले १ करोड २८ लाख ७६ हजार राजस्व छली गरेको खुलेको छ । गोरखा हंसपुर गाविसको स्थायी बासिन्दा दुवाडीले नक्कली मूल्य अभिबृद्धिकर मात्र खरिद गरी राजस्व चुहावट गरेको देखिएको छ ।

यता सुसज्जित इन्टरप्राइजेजका प्रोपाइटर सरस्वती गौतम र उनका श्रीमान रामशरण गौतमलाई झुट्टा विजक खरिद गरेर  ४५ लाख ४५ हजार राजस्व छलि गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरु विरुद्ध विगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग सहित अदालतमा मुद्दा दायर भएको हो । 

यता झापाको साकम्बरी प्रोडक्टका प्रोपाइटर सहित ५ जनालाई राजस्व चुहावटको आरोपमा जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको गुट्खाजन्य वस्तुहरु योजनाबद्ध रुपमा माधव इन्टरप्राइजेज समेतको सहभागीमा अन्तशुल्क स्टिकर नलगाई बिक्रि वित्तरण गरी राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

साकम्बरीका प्रोपाइटर मुकेश शर्मा,  सुपरभाइजर विष्णु प्रसाद खरेल,  एसएस इन्टरप्राइजेजका प्रोपाइटर रामकृष्ण शर्मा,  सुपरभाइजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका  सिताराम शर्मा र सावारीधनी आशिष शर्माको मिलेमतोमा राजस्व छली गरेको आरोप छ । उनीहरुले ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजस्व छली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप