बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्री ओली आग्रह

सोमबार, ०२ मङ्सिर २०७६, १४ : ०५
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएका हुन् ।

सोमबार प्रधानमन्त्री कार्यालयस्थित ‘एक्सन रुम’ बाट ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि जलविद्युत आयोजनाको उद्घाटन गर्दै उनले विकास आयोजनाहरुको जग्गाको मुआब्जा लिँदा अनुचित लाभ लिनुपर्छ भन्ने खालका प्रवृत्तिहरुका कारण धेरै विकास आयोजनाहरुको कामहरु अघि बढन नसकेको दृष्टान्त पनि पेश गरे ।

‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजना ९० मेघावाटको बन्न सक्थ्यो, प्रधानमन्त्री ओलीले भने, ‘तर जग्गाको मुआब्जा जस्ता अनावश्यक विवादका कारण यो आयोजना विलम्ब मात्रै हुन नगई यसको लागत पनि बढन गयो, ६० मेघावाट विद्युत उत्पादनमा सीमित हुनुपर्ने अवस्था आयो, यस्ता प्रवृत्तिले सिंगो देशलाई नै नोक्सान पु¥याउँछ ।’ त्यस अवसरमा उनले अन्य जलविद्युत आयोजनाहरु पनि यस्तै प्रवृत्तिका कारण अघि बढन नसकेको उल्लेख गर्दै विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने वातावरण बनाई दिन पनि सम्बन्धित सबैलाई आह्वान गरे ।

विकासका कामहरुमा सबैको साझा प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले राज्यले देश र जनताको समृद्धिको निम्ति काम गर्ने हुनाले त्यसमा अनुचित माग र दवावको आवश्यक्ता नहुने पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाँक्षालाई साकार पार्न माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाले पनि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे  । ‘आजबाट ६० मेघावाट विद्युत थप हुनुले सिंगो देश नै खुसी भएको छ, प्रधानमन्त्री ओलीले थपे, ‘यसले मुलुकमा रहेको गरिबी हटाउन, रोजगारीको अवसर सृजना गरी उत्पादन वृद्धि गर्न र सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाँक्षालाई सफल बनाउन महत्वपूर्ण योगदान दिनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय आकांक्षालाई छिटो पूरा गर्न चाहेको पनि दोहो¥याए । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री ओलीले सो विद्युत आयोजनाले विद्युत आयात कम गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप