शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा तयारीः वस्तुगत प्रश्नोत्तर

सोमबार, ०२ मङ्सिर २०७६, ०९ : ३८
सोमबार, ०२ मङ्सिर २०७६

१.आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा कहिले गरियो ?
-विक्रम संवत् २०७६ कात्तिक २६–२८
–    महोत्सवमा नाइजेरिया, केन्या, घाना, दक्षिण अफ्रिका, जिम्बावे, सेनेगल, मालवी, इजिप्ट, नर्वे, जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ चलचित्रको सहभागिता रहेको ।
–    महोत्वसवअन्र्तगत सर्ट फिल्म विधामा सुनील पाण्डे निर्देशित ‘अनन्त यात्रा’ र आशिष भण्डारी निर्देशित ‘पेन्सिल’ एवम् लघुवृत्तचित्र विधामा भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह उत्कृष्ट भएका ।
–    पुरस्कृत सर्ट फिल्ममध्ये आशिषको फिल्मले बालबालिकालाई जति धेरै यातना तथा दुःख दियो, त्यत्तिकै झगडालु र हिंस्रक हुँदै जान्छन् भन्ने सन्देश दिएको थियो भने अनन्त यात्राले वैतर्नी र मकै विवाहमा गोरखाको लाप्राकमा मकै बाली लगाउनुअघि पूजाआजासहित मकैको विवाह गर्ने प्रचलनलाई उठाइएको ।
२. नेपाल र नर्वेबीच परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय संयन्त्रको स्थापना कहिले भएको हो ?
-विसं २०७६ कात्तिक १८
३. प्रसिद्ध दुधेश्वरनाथ मन्दिर कहाँ रहेको छ ?
-पर्सा
–    पर्सा जिल्लाको सदरमुकाम वीरगन्जबाट करिब ३२ किलोमिटर उत्तरमा अवस्थित यसलाई तराई–मधेसमा ‘भाठाधाम’ पनि भनिने ।
–    वर्षको तीनपटक (वैशाख, साउन र माघमा) मेला लाग्ने यस ठाउँमा नेपाल, भारतलगायतका स्थानबाट हजारौँ आन्तरिक एवम् बाह्य पर्यटकको आगमन हुने ।
४. अस्ट्रेलियाको थिङ्क ट्याङ्क इन्स्टिच्युट फर इकोनोमिक्स एन्डपिस (आईईपी) द्वारा जारी विश्व शान्ति सूचकाङ्क २०१९ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
-७६औँ
–    नेपाल सन् २०१८ मा ८४औँ स्थानमा रहेको ।
–    सो सूचीमा पहिलो स्थानमा आइसल्यान्ड र अन्तिम स्थानमा अफगानिस्तान (१६३औँ) रहेका ।
–    सार्कमा भुटान पहिलो स्थानमा रहेको ।
–    सो सूचीमा दोस्रोदेखि पाँचौँ स्थानमा क्रमशः न्युजिल्यान्ड, अस्ट्रिया, पोर्चुगल र डेनमार्क रहेका ।
–    सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको सूचीमा परेका ।
५. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाउने गरिन्छ?
-जुन २१
–    अन्तर्राष्ट्रिय योग दिवस पहिलोपटक सन् २०१५ जुन २१ मा मनाइएको ।
नारा
सन् २०१९ ः योगा फर हर्ट 
सन् २०१८ ः योगा फर पिस 
सन् २०१७ ः योगा फर हेल्थ
सन् २०१६ ः योगा फर युथ
सन् २०१५ ः योगा फर हार्मोनी एन्ड पिस 
६. प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने हार्वर्ड हिरो–२०१९ को उपाधि हात पार्ने नेपाली को हुन् ?
- सन्तोषी बस्नेत
७. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
- १४ प्रतिशत
–    कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दोक्रममा रहेको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
–    नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
–    पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
–    राष्ट्रिय सूक्ष्म पोषक तŒव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोरकिशोरीहरूमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
–    नेपालमा प्रदेश सरकार र स्थानीय तहमार्फत पोषण कार्यक्रम कार्यान्वयन हुनेगरी बहुक्षेत्रीय पोषण योजना दोस्रो २०१८–२२ कार्यान्वयनमा रहेको ।
–    स्थानीयस्तरमा नीति, योजना र बहुक्षेत्रीय समन्वयमा सुधार ल्याउन सन् २०१३ देखि बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको र त्यही कार्यक्रमलाई सङ्घीय संरचनाअनुसार प्रदेश र स्थानीय तहमा लगिएको ।
८. सन् २०१९ अक्टोबरमा अजरबैजानको बाकुमा सम्पन्न १८औँ शिखर सम्मेलनमा (एसियाप्रशान्त क्षेत्रबाट) उपाध्यक्षमा निर्वाचित राष्ट्र कुन हो ?
-नेपाल
९. अन्तरीक्षमा सँगै हिँडी कीर्तिमान कायम गर्ने दुई महिला अन्तरीक्ष यात्री को–को हुन् ?
-नासाका अन्तरीक्ष यात्री क्रिस्टिना कोक र जेसिका मिअर
१०.दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ३५औँ सम्मेलन कहाँ आयोजना गरियो ?
-थाइल्यान्ड
–    ३५औँ सम्मेलन सन् २०१९ नोभेम्बरमा थाइल्यान्डको बैङ्ककमा सम्पन्न भएको ।
–    सम्मेलन बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रित रहेको ।
–    सन् १९६७ मा स्थापित आसियानमा बु्रनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम रहेका ।
११.    भारतले हालै नयाँ राजनीतिक नक्सा कहिले प्रकाशित गरेको हो ?
- सन् २०१९ नोभेम्बर ३
(नयाँ नक्सामा समेटिएको कालापानी नेपालकै भू–भाग भएको नेपाल सरकारले प्रेस विज्ञप्ति (कात्तिक २०) मार्फत स्पष्ट पारेको । दुई मित्रराष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरूका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा नेपाल दृढ रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको ।)
१२.नेपालमा हालै पहिचान भएका नयाँ छ भाषा के–के हुन् ?
- रानाथारू, नारफु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके
यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको ।
–    यीसमेत गरी नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको ।
–    भाषा आयोगले विसं २०७६ कात्तिक १८ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको ।
–    विसं २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेको ।
–    नेपालमा एक लाखभन्दा बढी सङ्ख्या भएका भाषा १९ वटा रहेका, जुन सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ९५.९१ प्रतिशत हुन आउने । बाँकी जनसङ्ख्याले बोल्ने भाषामध्ये अत्यन्त थोरै वक्ता भएका दुरा, कुसुन्डा, तिलुङजस्ता २४ भाषा अस्तित्व मेटिने स्थितिमा पुगेका ।
–    पूर्वीय दर्शन र सभ्यताका धरोहर पाली, संस्कृत र भोट भाषाहरूको अवस्था सङ्कटग्रस्त रहेको ।
–    आफ्नो माटोसितको सम्बन्ध टुट्दै गएका कारण नेपाल उत्पत्तिका भाषाहरूको शब्द भण्डार घटेको, व्याकरण खण्डित भएको र उच्चारण पद्धतिमा समेत विचलन आएको निष्कर्ष आयोगको प्रतिवेदनमा उल्लेख गरिएको ।
१३. बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपचारिक भ्रमणका सन्र्दभमा कहिले नेपाल आउनुभएको हो ?
-विसं २०७६ कात्तिक २६
१४. यस वर्ष (विसं २०७६) को चक्रपाणि स्मृति पुरस्कार कसलाई प्रदान गरियो ?
-बालसाहित्यकार एवम् जीवनीकार गोपाल पराजुली
१५. प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फ्रेन्सिङलगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था कहिले गरिएको हो ?
-विसं २०७६ भदौ ४
(नेपाल सरकार (कार्यसम्पादन) नियमावली–२०६४ को पाँचौँ संशोधनले यो व्यवस्था गरेको ।)
१६.१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा कति खेल संग्लन छन् ?
- २७
–    १३औँ सागको सञ्चालन अवधि विसं २०७६ मङ्सिर १५–२४ सम्म रहेको ।
–    खेल सञ्चालन ः काठमाडौँ, पोखरा र जनकपुर ।
–    दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विसं २०७६ कात्तिक २३ को बैठकले १४औँ साग (सन् २०२१) आयोजनाको अधिकार पाकिस्तानलाई दिने निर्णय गरेको । पाकिस्तान तयार नभएमा श्रीलङ्का र माल्दिभ्सलाई विकल्पमा राखिएको ।
१७. ब्रेक फ्री फ्रम प्लास्टिक अभियानले छ महादीपका ५१ देश समेटी सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठान कुन हो ?
-कोकाकोला
–    सो सूचीअनुसार बढी प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने चौथोदेखि पाँचाँै स्थानमा रहेका ब्राण्डमा क्रमशः नेस्ले, पेप्सी, मोन्डेलिज इन्टरनेसनल र युनिलिभर रहेका ।
–    अभियानका क्रममा ४८४ ब्राण्डका फोहोर फेलापरेका ।
–पोलिथिन टेरिफ्थालेटबाट बन्ने प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्ने ।
–    एक अध्ययन प्रक्षेपणअनुसार सन् २०५० सम्ममा १२ अर्र्ब मेट्रिक टन प्लास्टिक फोहोर विश्वमा थपिने अनुमान ।
१८. ऐतिहासिक सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयको शिलान्यास कहिले गरिएको हो ?
-विसं २०७६ कात्तिक २४
–     नेपाल एकीकरणका बेला आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज फौजलाई हराएर विरासत बोकेको सिन्धुलीगढीको २५२औँ विजयोत्सव मनाउनेक्रममा एक समारोहबीच युद्ध सङ्ग्रहालयको शिलान्यास गरिएको । नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत सिन्धुलीगढीमा उक्त सङ्ग्रहालय बन्न लागेको ।
–    नेपाल एकीकरणका बेला विसं १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इस्ट इन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको सेनालाई वसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको । त्यही सम्झनामा सिन्धुलीगढीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउन सुरु गरिएको ।
१९. सरकारले प्रदेश र स्थानीय तहको कार्यप्रणालीलाई सहज र प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम कहिलेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ?
-विसं २०७६ पुस (सन् २०२० जनवरी)
–    प्रदेश र स्थानीय तहका जनप्रतिनिनिधिको क्षमता अभिवृद्धि गरी सङ्घीयतालाई सहज रूपमा कार्यान्वयन गराउनका लागि सरकारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको । कार्यक्रम कार्यान्वयनका लागि सङ्घीय सरकारले सातवटै प्रदेशसँग सम्झौता गर्ने । अहिले (२०७५ कात्तिक) सम्म प्रदेश १, २, ३ र गण्डकी प्रदेशसँग सम्झौता भइसकेको ।
–    सङ्घीयताको बुझाइप्रति जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणबीच अन्योल हटाउने साथै तीनै तहका सरकारको काम र अधिकारको बुझाइमा एकरूपता ल्याउनका लागि पीएलजीएसपी कार्यक्रम सञ्चालन गर्न लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको ।
–    यो कार्यक्रम सन् २०१९ देखि २०२२ सम्म सञ्चालन हुने ।
–    युरोपेली युनियन, नर्वेजियन सरकार, स्वीस तथा बेलायतलगायतका साझेदार मुलुकको ११ अर्ब र नेपाल सरकारको तीन अर्ब गरी १४ अर्ब रुपियाँको लागतमा कार्यक्रम सञ्चालन हुने ।
२०. गुराँसेपोखरी कहाँ रहेको छ ?
-ताप्लेजुङको मेरिङदेन गाउँपालिका
२१. काठमाडौँमा नेपाल–अफ्रिका चलचित्र महोत्सवको आयोजना कहिले गरियो ?
-विसं २०७६ कात्तिक १६–१८
२२. संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २५’ कहाँ हुने भएको छ ?
- स्पेनको मेड्रिड (सन् २०१९ डिसेम्बर २–१३)
(चिलीले आफ्नो मुलुकको विषम परिस्थितिका कारण सम्मेलन आयोजना गर्न असमर्थता जनाएपछि राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धि (युएनएफसीसीसी) सचिवालयले ‘कोप २५’ स्पेनमा हुने जनाएको ।)
२३. नेपाललाई विफरमुक्त देश कहिले घोषणा गरियो ?
विसं २०३४ वैशाख १ 
२४.    वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न सरकारले ‘कल सेन्टर’ को सञ्चालन कहिलेदेखि गरेको हो ?
-विसं २०७५ चैत १८
२५. नेपालमा सती प्रथाको अन्त्य कहिले भयो ?
विसं १९७७ असार २५
२६. संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको जानकारी संयुक्त राष्ट्रसङ्घलाई औपचारिक रूपमा कहिले गरायो ?
- सन् २०१९ नोभेम्वर ४
२७. नेपालमा सबैभन्दा बढी चरा पाइने स्थान कुन हो ?
-अरूण उपत्यका
२८. अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?
-जयस्थिति मल्ल
२९. मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?
-चौबीसे राज्य
३०. नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?
-जुद्धशमशेर
गोरखापत्रबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप