के ट्वींकलकी आमा डिम्पल साँच्चै आइसियूमा छिन् ? यस्तो छ वास्तविकता

लता मंगेशकर पछि बलिउड अभिनेत्री डिम्पल कपाडिया अस्पतालमा भर्ना भएको खबर सोसल मिडियामा आउन थालेको छ । तर यो पूर्ण रुपमा गलत हो । वास्तवमा डिम्पलकी आमा बेट्टी कपाडियालाई मुम्बईको उपनगरीय खार इलाकामा रहेको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडियाले स्रोतको हवाला दिँदै यस्तो भनेको छ ।
अस्पताल स्रोतले कुनै विस्तृत जानकारी निदइकनै भनेको छ, ‘उनलाई १४ नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो । उनी आइसियूमा छिन् ।’
तर डिम्पल आफैं अस्पतालको आइसियूमा भएको खबर फैलन थाल्यो । डिम्पलकी छोरी ट्वींकल र ज्वाईं अक्षय कुमार अस्पताल बाहिर देखिएकाले पनि उक्त अफवाह फैलिएको थियो ।
सोसल मिडियाको फैलिएको उक्त अफवाह डिम्पलसम्म पुग्यो । त्यसपछि डिम्पलले आफ्नो बयान जारी गर्दै आफू जिउँदो भएको र किक हानिरहेको बताएकी छिन् । डिम्पल कपाडिया हलिउड निर्देशक क्रिस्टोफर नलनको फिल्म ‘टेनेट’ मा देखिने भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह