शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९९ औँ गोल गरेपछि रोनाल्डोले भने, ‘अब सर्वाधिक गोलको किर्तिमान तोड्छु’

सोमबार, ०२ मङ्सिर २०७६, ०८ : ५२
सोमबार, ०२ मङ्सिर २०७६

युरो २०२० को छनौट खेलमा लक्जम्बर्गबिरुद्ध २–० को जीत निकाल्ने क्रममा क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ९९ औँ गोल गरे । जीतसँगै पोर्चुगलले युरोपियन च्याम्पियनसीपमा समूह बीबाट आफ्नो स्थान पक्का गरेको छ ।

जीतपछि रोनाल्डोले अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोलको किर्तिमान तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो वर्ष पोर्चुगलका लागि १४ गोल गरेका रोनाल्डो अली देइको १०९ गोलको किर्तिमानभन्दा अब मात्र १० गोलले टाढा रहेका छन् ।

सबै किर्तिमान तोडिनुपर्छ र यो किर्तिमान म तोड्छु,’ रोनाल्डोले भने ।

रोनाल्डोले खेलको ८६ औँ मिनेटमा गोल गर्दै आफ्नो ९९ औँ गोल पूरा गरेका थिए ।

अब रोनाल्डोले अन्तर्राष्ट्रिय खेलहरुमा १ सयौँ गोल गर्ने दोस्रो खेलाडी बन्न अब मार्चको अन्तर्राष्ट्रिय ब्रेकसम्म पर्खनुपर्छ ।

गत बिहीबार मात्र लिथुयानयाविरुद्धको खेलमा युभेन्टसका फरवार्डले अन्तर्राष्ट्रिय खेलहरुमा नवौँ ह्याट्रिक पूरा गरेका थिए ।

युभेन्टसका लागि खेलिएका पछिल्ला दुई खेलमा सब्सिटिट्युट गरिएका रोनाल्डो आफू शत प्रतिशत फिट नभएको बताए ।

‘म शतप्रशित फिट थिइन, अहिले पनि छैन,’ उनले भने, ‘पछिल्लो तीन हप्ता मैले आफ्नो क्षमताभन्दा कम प्रदर्शन गरिरहेको छु ।’

‘तर देश र क्लबका लागि त्याग गर्ने कुरा हुन्छ, म गर्वका साथ त्यो गर्न तयार छु,’ उनले भने ।

जीतका बावजुद साबिक विजेता पोर्चुगल समूह बीको दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको छ । समूहबाट युक्रेन विजेता बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप