विश्वकप विजेता फ्रान्स युरोकपमा छनोट

सन् २०१८ को विश्वकप विजेता फ्रान्स सन् २०२० को युरोकपमा छनोट भएको छ । आइतबार राति भएको समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा अल्बानियालाई २–० गोलले हराउँदै फ्रान्सले युरोकपमा स्थान बनाएको हो ।
समूह विजेता बनेको फ्रान्सले १० खेलबाट २३ अंक बनायो । दोस्रो स्थानमा रहेको टर्की पनि समान खेलबाट २३ अंक जोड्दै युरोकपमा छनोट भयो । फ्रान्सको जितमा कोरेन्टिन टोलिसोले आठौ मिनेटमा खाता खोले । कोरेन्टिनले एन्टोइन ग्रिजम्यानको फ्रिकिक पासमा हेड गोल गरेका थिए । त्यसपछि ग्रिजम्यानले ३१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
यही समूहको अर्को खेलमा टर्कीले एन्डोरालाई २–० गोलले हराउँदै युरोकपमा छानिएको हो । टर्कीको जितमा इनेस युनलले गरे । युनलले १७औं र २१औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा आइसल्यान्डले मोल्डोभालाई २–१ गोलले हरायो । जितसँगै १९ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा रह्यो । १३ अंक बनाएको अल्बानिया चौथो, चार अंक बनाएको एन्डोरा पाँचौं र तीन अंक बनाएको मोल्डोभा अन्तिम स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल