बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप विजेता फ्रान्स युरोकपमा छनोट

सोमबार, ०२ मङ्सिर २०७६, ०८ : ४४
सोमबार, ०२ मङ्सिर २०७६

सन् २०१८ को विश्वकप विजेता फ्रान्स सन् २०२० को युरोकपमा छनोट भएको छ । आइतबार राति भएको समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा अल्बानियालाई २–० गोलले हराउँदै फ्रान्सले युरोकपमा स्थान बनाएको हो ।

समूह विजेता बनेको फ्रान्सले १० खेलबाट २३ अंक बनायो । दोस्रो स्थानमा रहेको टर्की पनि समान खेलबाट २३ अंक जोड्दै युरोकपमा छनोट भयो । फ्रान्सको जितमा कोरेन्टिन टोलिसोले आठौ मिनेटमा खाता खोले । कोरेन्टिनले एन्टोइन ग्रिजम्यानको फ्रिकिक पासमा हेड गोल गरेका थिए । त्यसपछि ग्रिजम्यानले ३१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा टर्कीले एन्डोरालाई २–० गोलले हराउँदै युरोकपमा छानिएको हो । टर्कीको जितमा इनेस युनलले गरे । युनलले १७औं र २१औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा आइसल्यान्डले मोल्डोभालाई २–१ गोलले हरायो । जितसँगै १९ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा रह्यो । १३ अंक बनाएको अल्बानिया चौथो, चार अंक बनाएको एन्डोरा पाँचौं र तीन अंक बनाएको मोल्डोभा अन्तिम स्थानमा छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप