बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२७ सय सैनिकमाथि कारबाही, सलामी नगर्ने पनि कारबाहीमा

सोमबार, ०२ मङ्सिर २०७६, ०६ : ५१
सोमबार, ०२ मङ्सिर २०७६

सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । 

नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी,ठगी , लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो। 

सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलार्इृ सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप