शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आलमलाई कारागार चलान गरिएलगत्तै न्यायाधिवक्ता कटवालको सरुवा

सोमबार, ०२ मङ्सिर २०७६, ०० : ०३
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । काँग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिए लगत्तै जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका न्यायाधिवक्ता खडिन्द्रराज कटवाल सरुवा भएका छन् । न्यायाधिवक्ता कट्वाललाई सुरक्षा थ्रेट रहेको भन्दै मकवानपुर सरुवा गरिएको हो ।

पूर्वमन्त्री समेत रहेका आलम रौतहट बम बिस्फोटको घटनामा सहभागी भएको आरोपमा पुर्पक्षका लागि कारगार चलान गरिएको हो । आलममाथि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको आरोप लागेको छ । सो घटनामा १३ जनालाई जिउँदै जलाएर मारेको आरोप आलममाथि लागेको छ । 

रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका पीडितले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सर्वोच्च अदालतको आदेशलगत्तै असोज अन्तिम साता प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको थियो । केही दिनअघिमात्र आलमको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो । त्यसलगत्तै अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप