शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

आइतबार, ०१ मङ्सिर २०७६, २३ : ०४
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ । 

शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्टार विन्दा घिमिरेका अनुसार परीक्षामा एक हजार ६०८ परीक्षार्थी सहभागी भएकामा ८७१ मात्र उत्तीर्ण भएका थिए । 

गत असारमा लिइएको २२औँ परीक्षामा ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वर्षको तीनपटक नाम दर्ता परीक्षार्थी सञ्चालन गर्ने गर्दछ । अनुत्तीर्ण परीक्षार्थीले पुनःप्रयोगका लागि ३५ दिनभित्र निवेदन दिन सकिने र आगामी परीक्षा चैत महिनामा सञ्चालन हुने काउन्सिलले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप