बाग्लुङका बागी उम्मेदवार शेरमान भन्छन्– पार्टीले ग्राउन्ड लेबलका नेतालाई चिनेन
पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा बाग्लुङबाट बागी उम्मेदवारी दर्ता गराएका नेकपा निकटका शेरमान घर्तीमगरले पार्टीले ग्राउन्ड लेबलका नेताहरुलाई नचिनेको कारण बागी उम्मेदवारी दिएको बताएका छन् । सत्तारुढ नेकपाले बागलुङ २ (ख) मा राजमोका खिमविक्रम शाहीलाई सघाउने भएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका थिए ।
‘तालमेल नगरे पनि चुनाव जित्छौं भनेर जिल्लादेखि केन्द्र स्तरका नेतालाई पटक पटक भन्यौं,’ उनले भने, ‘तर, उहाँहरुले के गर्नुभयो भने, संघीयताको विरोध गर्ने अखण्ड बागलुङ भन्ने, २५ सय ३ हजार भोट नआउनेसँग तालमेल गर्ने, वर्षौदेखि राजनीति गर्दै आएको कार्यकर्तालाई अवहेलना गरियो ।’ आफूलाई बागी उम्मेदवारी दर्ता गराउनका लागि स्थानीयदेखि नेकपा भित्रका कार्यकताको पनि सहयोग रहेको उनले उल्लेख गरे ।
यद्यपि, घर्ती नेकपाका समर्थक भएपनि पार्टी भित्रको कुनै जिम्मेवार निकायमा भने छैनन् । ‘साथीहरुले त उम्मेदवार बन्ने कि, नबन्ने भन्ने कुरा आयो । कुरा आईसकेपछि, तपाईंहरुको समर्थन भए म चुनावमा उठ्छु भनेर बागी उम्मेदवारी दर्ता गराए,’ उनले भने ।
शेरमान तत्कालीन माओवादीका जिल्ला कमिटी सदस्य थिए । राजमोबाट साबिक बोबाङ गाविसका अध्यक्षसमेत बनेका शेरमान पार्टी एकिकणपछि पार्टीसँग असन्तुष्ट थिए । उनकै भाषामा भन्ने हो भने पार्टीले उनको आवाजलाई सुनेको थिएन ।
तत्कालीन माओवादीका दधिराम शर्माको प्रस्तावकमा निशी खोला दलित सञ्जालका अध्यक्ष रिमबहादुर विकले समर्थन जनाएका थिए । जुनकुनै हालतमा चुनाव जितिछाड्ने बताउने घर्तीले पार्टी समायोजन हुँदा आफ्नो अवमूल्यन भएको बताउँछन् । ‘पार्टी समायोजन हुँदा मलाई बाइकट गरेका हुन् साथीहरुले, त्यसैले पनि मैले बागी उमेदवारी दर्ता गरेको हुँ,’ उनले भने, ‘जनताको चाहना पनि हो, २२ वर्षदेखि राजनीति गरिरहेको छु । १२, १३ वर्षदेखि नेकपा निकट भएर काम गरे । जनताले मेरो सेवाको कदर गरेर, चुनाव जितिन्छ नै उम्मेदवार उठ्नुपर्छ भन्नुभयो, तँ जस्तो कार्यकता आवश्यक छ भन्नुभयो । त्यसकारण क्षेत्रीय र भेगीय लडाईका लागि पनि उम्मेदवारी दर्ता गराए ।’
अघिल्लो चुनावमा राजमोका परि थापा र नेकपाका देवेन्द्र पौडेललाई जिताएको स्मरण गर्दै घर्तीले स्थानीय नेताहरु भने विस्थापित हुँदै गएको उल्लेख गरे । ‘सबै बिस्थापित हुन त भएन भनेर उम्मेदवारी दर्ता गरायौं,’ उनले भने । शेरमान ०७४ को चुनावमा तत्कालीन माओवादीबाट ढोरपाटन नगरपालिकाको मेयर पराजित बनेका थिए ।
यता नेकपाका बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले भने शेरमानले उम्मेदवारी फिर्ता लिने र सहमतिमा आउनका लागि निरन्तर सम्पर्क भइरहेको दाबी गरे ।
(फोटोः शेरमानको फेसबुकबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो