शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण

आइतबार, ०१ मङ्सिर २०७६, २० : ४५
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ । मुग्लिन निवासी नेपाल सेनाका जवान राम कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ । चितवनस्थित अस्थाई प्रहरी पोष्ट फिस्लिङको हिरासतमा कँडेलको मृत्यु भएको हो । 

इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग कँडेलको सामान्य विवाद भएपछि उनलाई फिस्लिङको कार्यालय भित्र लगिएको थियो । 

कँडेलको प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोस्टभित्र गएपछि कँडेल शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा प्रहरी भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।

घाइते अवस्थामा भेटिएका कँडेलाई तत्कालै कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । सामान्य उपचारपछि कँडेललाई थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको दावी छ । 

आइतबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका कँडेलको रहस्यमय मृत्यु भएपछि फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । अहिले पनि स्थानीयले प्रहरी पोस्टमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् । 

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप