शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा विवाद समाधानका लागि राष्ट्रिय एकता आवश्यक : नेता सिटौला

आइतबार, ०१ मङ्सिर २०७६, २० : ३३
आइतबार, ०१ मङ्सिर २०७६

बागलुङ - नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए । 

उपनिर्वाचनलाई लक्षित गरी बागलुङ आएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले सीमा समाधानको विषय समाधानका लागि सरकारलाई काङ्ग्रेसले सहयोग गर्ने उल्लेख गरे । 

बागलुङका बडिगाड गाउँपालिका–२ मा हुन लागेको उपनिर्वाचनलाई लाक्षित गरी खर्वाङ आउनुभएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकाले आचारसंहिता भित्र रही सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भएको भन्दै सिङ्गो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचनमा सबै खटेर परिणाम आफ्नो पक्षमा पार्न आग्रहसमेत गरे 

सो वडाका अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

कार्यक्रममा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद टेकबहादुर घर्तीको गत वर्ष निधन भएपछि उक्त क्षेत्रमा समेत निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गरी केन्द्रीय नेता बागलुङ आउनेक्रम जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप