शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षकै अवधीमा एनआईसी एशियाले देखायो कमाल

आइतबार, ०१ मङ्सिर २०७६, २० : ३१
आइतबार, ०१ मङ्सिर २०७६

पछिल्ला पुस्ताको बैंकहरुमा अग्रस्थानमा आएको एनआईसी एशिया बैंकले छोटो समयमै आफूलाई अव्वल बैंकको सूचिमा सुचिकृत गरेको छ । 

व्यवसायमा आक्रामक देखिदै आएको एनआईसीले आर्थिक वर्ष २०७६/७७को पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लिएको छ । बैंकले असोज मसान्तसम्मको अवधिमा एक अर्ब रुपैयाँ नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको छ ।

नेपालको बैंकिङ्ग संस्कारलाई चुनौती दिँदै फरक धारबाट आफूलाई अगाडी बढाइरहेको बैंकले आफूलाई जनताको बैंक भन्न रुचाउँछ । ‘बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि’ भन्ने मूला नारा तय गरेको बैंकले देशका दुरदराजमा आफ्नो उपस्थिती बढाएसँगै बैंकको अवस्था उकालो लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने बताउँछन् ।

आफूलाई सरकारी नीजि बैंक भन्दै आएको एनआईशीले हरेक स्थानिय तहमा आफ्नो उपस्थितीलाई बढाउँदै लगेको छ । हरेक नागरिकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन बैंकले अनेक खाले योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

छोटो अवधिमै स्थापित ठूला बाणिज्य बैंकहरुलाई टक्कर दिन सफल एनआईशीले आगामी दिनमा ग्राहक सेवालाई थप मजवुद बनाउँन नयाँ नयाँ योजना र कार्यक्रम संचालन गर्ने जनाएको छ । तीन वर्ष अगाडीसम्म खासै चर्चामा नआएको एनआईसी एशियाले यो अवधीमा आईपुग्दा नेपालका नाम कहलाएका ठूला वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धामा आफूलाई उभ्याएको छ ।

वाणिज्य बैंकिङ्ग क्षेत्रका कान्छा सीईओ रोशन कुमार न्यौपानेको कुसल नेतृत्व अनि ब्यवस्थापकिय कला कै कारण बैंकको अधिकांस परिसुचकहरुमा उत्साहजनक सफलता मिलेको बैंकले जनाएको छ ।

पहिलो त्रैमाशमै अर्बपति क्लबमा

आफूलाई आक्रामक शैलीमा पेस गर्दै आइरहेको एनआईसी एशिया बैंकले यो आर्थिक वर्षको पहिलो त्रैमाशमै अर्बपति क्लबमा आफूलाई पार्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३४.१३५ प्रतिशतले नाफा बढाएको हो । असोज मसान्तसम्मको अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको जनाइएको छ । 

गत वर्ष यसैअवधिमा बैंकले ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ४४ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ । असार यता बैंकले निक्षेप संकलन १.३६ प्रतिशतले बढाएको छ भने ८.१५ प्रतिशतले कर्जा विस्तार गरेको छ ।

तीन महिनाको अवधिमा एक खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५४ अर्ब रुपैयाँ ऋण लगानी गरेको बैंकले जनाएको छ । नाफामा उल्लेख्य सुधार गरेको बैंकले व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी भने १.२२ प्रतिशतले घटेको जनाएको छ । यस्तो आम्दानी एक अर्ब ८४ करोड रुपैयाँ छ । गत वर्ष एक अर्ब ८६ करोड रुपैयाँ थियो ।

चुक्ता पूँजी ९ अर्ब ७१ करोड रहेको बैंकको जगेडा कोषमा चार अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ । निक्षेप तथा कर्जा विस्तारमा पनि आक्रामक बैंकले ऋणपत्र मार्फत पूँजीकोष अनुपातलाई सन्तुलन कायम गर्न सफल देखिन्छ ।

बैंकको पूँजी कोष अनुपात १२.०४ प्रतिशत छ । गत वर्ष १२.४८ प्रतिशत रहेको थियो । खराब कर्जा भने गत वर्षको भन्दा केहि बढेको छ । गत वर्ष ०.२६ प्रतिशत रहेकोमा यस वर्ष बढेर ०.४५ प्रतिशत पुगको छ । बैंकले पछिल्लो समय निक्षेपलाई भन्दा कर्जा विस्तारलाई प्राथमिकता दिएको छ ।

एक वर्षको अवधिमा चार रुपैयाँले प्रतिशेयर आम्दानी बढाएको बैंकले प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा पुर्याएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा रहेको छ । आधार व्याजदर १०.७७ प्रतिशतबाट घटेर ९.५१ प्रतिशतमा झरेको छ । स्प्रेडदर ५.१० प्रतिशत छ । यो गत वर्षको भन्दा कम हो । 

गत वर्ष बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताकै वावजुद पनि बैंकले शेयर आम्दानी र शेयर पुँजी तथा जगेडा कोष बढाउन सफल देखिएको थियो । त्यो क्रमलाई निरन्तरता दिँदै बैंक अर्वपति क्लबमा उक्लिएको हो ।

एनआइसीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५२५ लाभांश दिएको छ । जसमध्ये ११.०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर रहेको छ । 

उक्त लाभांश बैंकको साधारण सभाबाट पारित भइसकेको छ भने लगानीकर्ताको खातामा लाभांश पठाउन सुरु गरी सकेको बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप