शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिवम् कृति समारोहः सेलिब्रेसनको मामलामा नो कम्प्रोमाइज

आइतबार, ०१ मङ्सिर २०७६, १८ : ४८
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– शिवम् सिमेन्टस्ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । 

क्वालीटीको मामला मा नो कम्प्रोमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टस्ले सेलिब्रेसनको मामला मा नो कम्प्रोमाइज भन्दै यहि कार्तिक २९ र ३० गते काठमाडौं को हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । 

दुई दिनसम्म चलेको उक्त समारोहमा  शिवम् सिमेन्टस प्रा.लि ले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरु बाट सम्मान गरेको थियो । 

जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेशनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।

उक्त समारोहमा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड  मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभाग बाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टस लि. का अध्यक्ष सुरेन्द्र कुमार गोयलले आपसि, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्र जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिएका थिए । 

साथै आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप