शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सीमा विवाद समाधानको लागि वार्ताको तयारी गरिरहेको छ : पाण्डे

आइतबार, ०१ मङ्सिर २०७६, १८ : ३६
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले भारतसँगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको पनि स्पष्ट पारे । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले नेपालको एक इन्च भूमि पनि गुम्न नदिने दावी गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले भारत र चीन दुवै मुलुकसँग सीमा विवाद रहेको उल्लेख गर्दै समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए । उनले सरकार र मुलुकको सुरक्षा निकाय देशको भूगोलको रक्षा गर्न गम्भिर नभएको आरोप पनि लगाए । 

समाजवादी पार्टी, नेपालका नेता डा.शिवजी यादव र राष्ट्रिय जनता पार्टी, नेपालका महामन्त्री केशव झाले नेपाली भूमि भारत र चीन दुवै मुलुकले अतिक्रमण गरेको दावी गर्दै ती समस्या समाधानका लागि सरकारले उचित पहलकदमी लिन नसकेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप