शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा निकालियो

आइतबार, ०१ मङ्सिर २०७६, १८ : ०५
आइतबार, ०१ मङ्सिर २०७६

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ ।

‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो । पदयात्रामा सहभागी भएकाहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो,’ ‘तत्काल सीमा अतिक्रमण बन्द गर’लगायतका नाराबाजी गर्दै भारतको चर्को विरोध गरेका थिए ।

उनीहरुले पदयात्राका क्रममा नेपालको एक इन्च भूमि पनि नछाडने चेतावनीसहितको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । यसै गरी आईतबार स्रष्टाहरुले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै काठमाडौंमा प्रर्दशन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप